भेला सकिएपछि एमालेको केन्द्रीय कमिटी बैठक बस्ने

आइतबार, २९ कार्तिक २०८३, १५ : ३३

काठमाडौं - राष्ट्रिय कार्यकर्ता भेला लगत्तै नेकपा एमालेले केन्द्रीय कमिटी बैठक बोलाएको छ । एमालेले मंसिर २ र ३ गते हुने राष्ट्रिय कार्यकर्ता भेलाको आयोजना गरेको छ । प्रचार विभाग प्रमुख निरज आचार्यले आगामी ५ मंसिरमा चौथो केन्द्रीय कमिटी बैठक बोलाइएको जानकारी दिए ।

‘राष्ट्रिय भेला लगत्तै स्थानीय तहका जनप्रतिनिधिहरुको भेला र भोलिपल्ट केन्द्रीय कमिटी बैठक बस्ने भन्ने भएको छ,’ आचार्यले भने । यद्यपी, केन्द्रीय कमिटी बैठकको एजेण्डा भने तय भइनसकेको आचार्यले जानकारी दिए ।
 

आइतबार, २९ कार्तिक २०८३, १५ : ३३

प्रतिक्रिया