कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी विराजभक्त श्रेष्ठलाई

आइतबार, ०६ मंसिर २०८३, १२ : ४५

काठमाडौं- प्रधानमन्त्री वालेन्द्र शाह भारत भ्रमणमा गएपछि कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी ऊर्जा मन्त्री विराजभक्त श्रेष्ठले सम्हाल्ने भएका छन्।

प्रधानमन्त्री शाहसँगै अर्थमन्त्री डा। स्वर्णिम वाग्ले र परराष्ट्रमन्त्री शिशिर खनाल पनि भारत भ्रमणमा जाने भएपछि मन्त्रिपरिषद्को वरियताक्रमअनुसार श्रेष्ठलाई कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी दिन लागिएको हो।

प्रधानमन्त्री शाह नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आज औपचारिक भ्रमणका लागि भारत प्रस्थान गर्दैछन्। भ्रमणका क्रममा उनले भारतीय राष्ट्रपति, प्रधानमन्त्री नरेन्द्र मोदीलगायत उच्च अधिकारीहरूसँग भेटवार्ता गर्ने कार्यक्रम छ। उनी भोलि साँझ स्वदेश फर्किनेछन्।

प्रधानमन्त्री शाहले आफ्नो अनुपस्थितिमा कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी श्रेष्ठलाई दिन राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिस गरिसकेको स्रोतले जनाएको छ। उक्त सिफारिसका आधारमा राष्ट्रपतिले श्रेष्ठलाई प्रधानमन्त्रीको अनुपस्थितिमा दैनिक प्रशासनिक कार्य सञ्चालन गर्ने जिम्मेवारी तोक्नेछन्।

आइतबार, ०६ मंसिर २०८३, १२ : ४५

प्रतिक्रिया