काठमाडौँ - प्रतिनिधिसभा, अर्थसमितिको बैठकले नेपाल राष्ट्र बैंक, २०५८ लाई संशोधन गर्न बनेको विधेयकको प्रतिवेदन सर्वसहमत पास भएको छ ।
अर्थ समितिका समिति सचिव लक्ष्मण अर्यालले अर्थसमितिको आज सिंहदरबारमा बसेको बैठकले नेपाल राष्ट्र बैंक, २०५८ लाई संशोधन गर्न बनेको विधेयकको दफावार छलफल सकिएर विधेयकको प्रतिवेदन सर्वसहमत पास गरेको जानकारी दिनुभयो । उहाँले अर्थ समितिबाट सर्वसहमत पास भएको प्रतिवेदन आगामी प्रतिनिधिसभाको बैठकमा पेस हुने जानकारी दिनुभयो ।
रासस
प्रतिक्रिया