काठमाडौं- नेपाली बजारमा बिहीबार सुनको मूल्य फेरि घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबारको तुलनामा बिहीबार छापावाल सुनको मूल्य तोलामा २ हजार ३०० रुपैयाँले घटेको हो।
मूल्य घटेसँगै बिहीबार छापावाल सुन प्रतितोला २ लाख ९९ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ। बुधबार सुनको मूल्य तोलामा १ हजार ७०० रुपैयाँले बढेर ३ लाख १ हजार ८०० रुपैयाँ पुगेको थियो।
यसअघि मंगलबार सुनको मूल्य ९०० रुपैयाँले घटेर ३ लाख १०० रुपैयाँमा झरेको थियो। सोमबार पनि सुन तोलामा १ हजार २०० रुपैयाँले घटेर ३ लाख १ हजार रुपैयाँमा कारोबार भएको थियो। आइतबार भने सुनको मूल्य १ हजार २०० रुपैयाँले बढेर ३ लाख २ हजार २०० रुपैयाँ पुगेको थियो।
यसरी चालु साता आइतबार बढेको सुनको मूल्य सोमबार र मंगलबार लगातार घटेको थियो। बुधबार पुनः बढे पनि बिहीबार फेरि ओरालो लागेको हो।
यस्तै, बिहीबार चाँदीको मूल्य पनि घटेको छ। महासंघका अनुसार चाँदी प्रतितोला ६० रुपैयाँले घटेर ४ हजार ६२५ रुपैयाँमा कायम भएको छ।
बुधबार चाँदीको मूल्य ८५ रुपैयाँले बढेर ४ हजार ६८५ रुपैयाँ पुगेको थियो। मंगलबार २० रुपैयाँले घटेर ४ हजार ६०० रुपैयाँमा झरेको चाँदी सोमबार ४० रुपैयाँले घटेर ४ हजार ६२० रुपैयाँमा कारोबार भएको थियो। आइतबार भने चाँदीको मूल्य ६० रुपैयाँले बढेर ४ हजार ६६० रुपैयाँ पुगेको थियो।
प्रतिक्रिया