काठमाडौं - भदौ १० गते भोटेकोशीमा गएको बाढीले अर्थतन्त्रलाई निकै कमजोर बनाएको सन्दर्भमा आर्थिक रुपान्तरणको लागि नयाँ विकल्पहरु पनि आएका छन् । यसै सन्दर्भमा सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद लिमा अधिकारीले विपद्पछिको अवस्थालाई देशको आर्थिक रूपान्तरण र विकासको नयाँ प्रस्थानबिन्दु बनाउन सरकारको ध्यानाकर्षण गराएकी छन्।
बिहीबार बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै अधिकारीले राजनीतिक, संवैधानिक र नेतृत्व परिवर्तन पटक–पटक भए पनि आम नेपालीको जीवनमा अपेक्षित आर्थिक परिवर्तन आउन नसकेको बताइन्। उनले राजनीतिक उपलब्धिलाई नागरिकको जीवनमा देखिने आर्थिक उपलब्धिमा बदल्नुपर्नेमा जोड दिइन्। साथै सांसद अधिकारीले राजनीतिक परिवर्तनलाई नागरिकको जीवनमा देखिने आर्थिक रूपान्तरणमा बदल्नुपर्ने बताइन्।
‘
विगत केही वर्षदेखि शिथिल रहेको नेपालको अर्थतन्त्रलाई प्राकृतिक विपद्ले थप आघात पुर्याएको पनि अधिकारीले बताइन्। विपद्का कारण जनधनको क्षति हुनुका साथै रणनीतिक सडक तथा उत्तरी नाकातर्फका सडक अवरुद्ध हुँदा आपूर्ति शृंखला प्रभावित भएको उनको भनाइ थियो।
उनले कमजोर आर्थिक आधारमाथि विपद्ले थप दबाब सिर्जना गरेको भन्दै अबको पुनर्निर्माणलाई दीर्घकालीन राष्ट्रिय दृष्टिकोणसँग जोड्नुपर्ने बताइन्।
प्रतिक्रिया