९ लाख घुस लिँदालिँदै अख्तियारको फन्दामा परे नापी अधिकृत

विहीबार, ०१ असोज २०८३, १६ : ५२

काठमाडौं– छुट जग्गा दर्ता सिफारिससहितको मिसिल भूमि प्रशासन कार्यालयमा पठाइदिन सेवाग्राहीसँग ९ लाख रुपैयाँ घुस लिएको आरोपमा नापी कार्यालय डिल्लीबजारका नापी अधिकृत डिल्लीबहादुर वली पक्राउ परेका छन्।

अख्तियार दुरुपयोग अनुसन्धान आयोग, टंगालको टोलीले ३ नम्बर नापी टोली माछापोखरीका प्रमुखसमेत रहेका वलीलाई बुधबार बसुन्धरा चोकस्थित एक रेस्टुरेन्टबाट घुस रकमसहित नियन्त्रणमा लिएको हो।

अख्तियारका प्रवक्ता सुरेश न्यौपानेका अनुसार वलीले छुट जग्गा दर्ता सिफारिससहितको मिसिल भूमि प्रशासन कार्यालय मनमैजुमा पठाउन सेवाग्राहीलाई अनावश्यक सास्ती, दुःख तथा हैरानी दिँदै घुस मागेका थिए।

गोप्य सूचनाका आधारमा निगरानीमा राखिएको वलीलाई अख्तियारको टोलीले ९ लाख रुपैयाँ घुस लिइसकेको अवस्थामा नियन्त्रणमा लिएको प्रवक्ता न्यौपानेले जानकारी दिए। घटनाबारे थप अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ।

विहीबार, ०१ असोज २०८३, १६ : ५२

प्रतिक्रिया