काठमाडौं - छायाँ देवी कम्प्लेक्स लिमिटेडले गत आर्थिक वर्ष २०८२(८३ मा ८९ करोड २० लाख रुपैयाँ आम्दानी गरेको छ । आइपीओ ल्याउने तयारीमा रहेको उक्त कम्पनीले २०८१(८२ मा ८६ करोड २० लाख र २०८०(८१ मा ८५ करोड ७० लाख आम्दानी गरेको रेटिङ एजेन्सी केयर रेटिङ नेपालले जनाएको छ ।
होटल सञ्चालनबाट मात्रै कम्पनीले गत वर्ष ८० करोड १० लाख रुपैयाँ आम्दानी गरेको छ । यो अघिल्लो वर्षको तुलनामा करिब ७ प्रतिशत बढी हो। होटलको औसत कोठा दर ९एआरआर० मा वृद्धि तथा करिब ७२ प्रतिशतको स्थिर अकुपेन्सी कायम गर्न सफल भएपछि होटल आम्दानी बढेको रेटिङ एजेन्सीले जनाएको छ ।
कम्पनीको सञ्चालन आम्दानी पनि करिब ३ प्रतिशत बढेको छ । यद्दपि, एक प्रमुख भाडावाल बाहिरिएपछि करिब एक महिनासम्म स्थान खाली हुँदा भाडा आम्दानी घटेकाले कुल आम्दानीको वृद्धिमा केही असर परेको थियो । उक्त स्थानमा नयाँ भाडावाल आइसकेकाले आगामी अवधिमा भाडा आम्दानी पुनः बढ्ने अपेक्षा गरिएको छ।
प्रतिक्रिया