अपडेट

आज सुन सस्तियो, चाँदी महँगियो, प्रतितोला कति पुग्यो ?

सोमबार, ०५ असोज २०८३, ११ : १३

काठमाडौं- नेपाली बजारमा आज सुनको मूल्य घटेको छ भने चाँदीको मूल्य बढेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला ३ लाख ३ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको छ। हिजो सुन प्रतितोला ३ लाख ५ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो। यसअनुसार आज सुनको मूल्य प्रतितोला १ हजार ३ सय रुपैयाँले घटेको हो।

त्यस्तै, आज १० ग्राम सुनको मूल्य २ लाख ६० हजार ५ सय ४५ रुपैयाँ कायम भएको छ। हिजो १० ग्राम सुन २ लाख ६१ हजार ६ सय ६० रुपैयाँमा कारोबार भएको थियो।

चाँदीको मूल्य भने आज प्रतितोला १० रुपैयाँले बढेको छ। महासंघका अनुसार आज चाँदी प्रतितोला ४ हजार ८ सय ५ रुपैयाँ पुगेको छ। हिजो चाँदी प्रतितोला ४ हजार ७ सय ९५ रुपैयाँमा कारोबार भएको थियो।

त्यसैगरी, आज १० ग्राम चाँदीको मूल्य ४ हजार १ सय २० रुपैयाँ कायम भएको छ। हिजो १० ग्राम चाँदीको मूल्य ४ हजार १ सय १० रुपैयाँ ५० पैसा थियो।

सोमबार, ०५ असोज २०८३, ११ : १३

प्रतिक्रिया