कर्ण थापाले पाएनन्  प्रतिवेदन पेश गर्न

मंगलबार, ०६ असोज २०८३, १२ : ५३

काठमाडौं - नेकपा (एमाले) को केन्द्रीय समिति बैठक सुरु भएको छ । आज पनि अध्यक्ष केपी शर्मा ओलीले आफैँ बैठक सञ्चालन गरिरहेका छन् । बिगतमा महासचिवले सञ्चालन गर्दै आएको बैठक यसपटक अध्यइक्ष ओली आफैले गरिरहेका छन् । 

बैठकको सुरूमा ओलीले पदाधिकारीहरुलाई बोल्न समय दिएका छन् । उनले एकजना पदाधिकारीलाई १५ मिनेट समय तोकेको स्रोतले बतायो । केन्द्रीय सदस्यलाई ३ मिनेट दिइएको छ । सुरुमा विष्‍णु पौडेलले बोलेका छन् । उनले पार्टी एकताको पक्षमा भनाइ राखेका थिए ।

केन्द्रीय सदस्य कर्ण थापाले आफ्नो प्रतिवेदन पेश गर्न पाउनुपर्ने माग गरेका छन् । उनी बैठकको सुरूबाटै समय माग्दै आफ्नो आसनबाट उठीरहेको स्रोतको भनाइ छ । थापाले हिजो पनि प्रतिवेदन पेश गर्न अनुमति मागेका थिए । तर, अध्यक्ष ओलीले अनुमति दिएका थिएनन् ।

मंगलबार, ०६ असोज २०८३, १२ : ५३

प्रतिक्रिया