काठमाडौं– नेपाली बजारमा आज बुधबार सुनचाँदीको मूल्य सामान्य बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य तोलामा १ सय रुपैयाँ र चाँदीको मूल्य ४० रुपैयाँले बढेको हो।
महासंघका अनुसार आज सुन प्रतितोला ३ लाख २ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ। मंगलबार सुनको मूल्य प्रतितोला ३ लाख २ हजार २ सय रुपैयाँ थियो।
त्यस्तै, चाँदीको मूल्य पनि तोलामा ४० रुपैयाँले बढेर ४ हजार ८१५ रुपैयाँ पुगेको छ। मंगलबार चाँदी प्रतितोला ४ हजार ७७५ रुपैयाँमा कारोबार भएको थियो।
पछिल्ला केही दिनयता नेपाली बजारमा सुनचाँदीको मूल्य सामान्य उतारचढावमा सीमित देखिएको छ। गत शुक्रबार सुन प्रतितोला ३ लाख ३ हजार १ सय रुपैयाँमा कारोबार भएको थियो भने चाँदीको मूल्य ४ हजार ४४७ रुपैयाँ थियो।
प्रतिक्रिया