काठमाडौं- साताको अन्तिम कारोबार दिन शुक्रबार नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला ५ सय रुपैयाँले घटेको छ। बिहीबार प्रतितोला २ लाख ९९ हजार १ सय रुपैयाँमा कारोबार भएको सुन आज घटेर २ लाख ९८ हजार ६ सय रुपैयाँ कायम भएको छ।
त्यस्तै, चाँदीको मूल्य पनि आज प्रतितोला ३० रुपैयाँले घटेको छ। बिहीबार प्रतितोला ४ हजार ६ सय ५० रुपैयाँ रहेको चाँदी आज घटेर ४ हजार ६ सय २० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।
प्रतिक्रिया