अपडेट

सुनचाँदीको मूल्य ह्वात्तै घट्यो, प्रतितोला कति पुग्यो ?

सोमबार, १२ असोज २०८३, ११ : ०५

काठमाडौं– नेपाली बजारमा आज सोमबार सुनचाँदीको मूल्यमा उल्लेख्य गिरावट आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबारको तुलनामा सोमबार छापावाल सुनको मूल्य तोलामा ५ हजार रुपैयाँले घटेको हो।

मूल्य घटेसँगै सोमबार छापावाल सुन प्रतितोला २ लाख ९५ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ। आइतबार भने सुनको मूल्य तोलामा ७ सय रुपैयाँले बढेर २ लाख ९९ हजार ३०० रुपैयाँ पुगेको थियो।

त्यस्तै, सोमबार चाँदीको मूल्य पनि तोलामा १ सय ४५ रुपैयाँले घटेको छ। महासंघका अनुसार आज चाँदी प्रतितोला ४ हजार ५ सय १० रुपैयाँमा कारोबार भइरहेको छ। आइतबार चाँदीको मूल्य ३५ रुपैयाँले बढेर ४ हजार ६ सय ५५ रुपैयाँ पुगेको थियो।

यसरी एकैदिन सुनको मूल्यमा ५ हजार र चाँदीको मूल्यमा १ सय ४५ रुपैयाँको गिरावट आएको हो।

सोमबार, १२ असोज २०८३, ११ : ०५

प्रतिक्रिया