सुनचाँदी

सुनचाँदीको भाउ घट्यो, आज कतिमा हुँदैछ कारोबार ?

मंगलबार, १३ असोज २०८३, ११ : १२

काठमाडौं- नेपाली बजारमा आज मंगलबार सुनको भाउ  तोलामा तीन हजार आठ सय रूपैयाँ घटेको छ । 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ९० हजार पाँच सय रूपैयाँमा किनबेच भइरहेको छ । 

सोमबार सुन प्रतितोला दुई लाख ९४ हजार तीन सय रूपैयाँमा कारोबार भएको थियो । यस्तै, मंगलबार चाँदीको मूल्य पनि घटेको छ ।

सोमबार प्रतितोला चार हजार पाँच सय १० रूपैयाँमा कारोबार भएको चाँदी यसदिन तोलामा चार हजार तीन सय ९५ रूपैयाँमा किनबेच भइरहेको छ ।

यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला एक सय १५ रूपैयाँ घटेको हो ।

मंगलबार, १३ असोज २०८३, ११ : १२

प्रतिक्रिया