भृकुटीमण्डपमा ‘अचम्मैको महा एक्सचेन्ज’ मेला सुरु, टीभीएसका दुई नयाँ मोडल सार्वजनिक

मंगलबार, १३ असोज २०८३, १५ : ५७

काठमाडौं- जगदम्बा मोटर्स प्रालिले काठमाडौँको भृकुटीमण्डपमा ‘अचम्मैको महा एक्सचेन्ज’ मेला सुरु गरेको छ। मेलाको अवसरमा कम्पनीले टीभीएस एनटर्क १५० र नयाँ टीभीएस अपाचे आरटीआर २०० ४भी प्रोजेक्टर हेडलाम्पसहितको मोटरसाइकल सार्वजनिक गरेको छ।

दसैँ–तिहारलाई लक्षित गर्दै आयोजना गरिएको मेलामा नयाँ सार्वजनिक गरिएको अपाचे आरटीआर २०० ४भीको विशेष परिचयात्मक मूल्य ४ लाख ५९ हजार ९ सय रुपैयाँ तोकिएको छ। कम्पनीका अनुसार नयाँ अपाचेमा प्रोजेक्टर हेडलाम्पसँगै अपसाइड–डाउन अगाडिको फोर्क जडान गरिएको छ। यसले मोटरसाइकललाई आकर्षक रूपसँगै सवारी नियन्त्रणमा थप सहजता प्रदान गर्ने कम्पनीको भनाइ छ। यो मोटरसाइकल म्याट ब्ल्याक र ग्रेनाइट ग्रे गरी दुई रङमा उपलब्ध हुनेछ।

कार्यक्रमको सुरुवात जगदम्बा मोटर्सका उपाध्यक्ष दीपक रौनियारको स्वागत मन्तव्यबाट भएको थियो। त्यसपछि टीभीएस मोटर कम्पनी भारतका एसिया क्षेत्रीय व्यापार प्रमुख अनुभव बालीले सार्वजनिक गरिएका नयाँ उत्पादनबारे जानकारी दिएका थिए।

टीभीएस एनटर्क १५० लाई जगदम्बा मोटर्सकी निर्देशक दीपा अग्रवाल, अनुभव बाली तथा टीभीएस मोटर कम्पनी भारतका ब्रान्ड व्यवस्थापक प्रसाद सुन्दरमले संयुक्त रूपमा सार्वजनिक गरेका थिए। सो अवसरमा लोमान्थाङसम्बन्धी विशेष भिडियोसमेत प्रदर्शन गरिएको थियो। एनटर्क १५० को मूल्य ३ लाख ६९ हजार ९ सय रुपैयाँ तोकिएको कम्पनीले जनाएको छ।

नयाँ उत्पादन सार्वजनिकपछि कलाकार व्योमाले सांगीतिक प्रस्तुति दिएका थिए। साथै, मेलामा रोमाञ्चक स्टन्ट प्रदर्शनसमेत गरिएको थियो।

मेलामा पुरानो दुईपांग्रे सवारीसाधन साटेर नयाँ टीभीएस खरिद गर्न चाहने ग्राहकका लागि विभिन्न आकर्षक योजना सार्वजनिक गरिएको छ। कम्पनीका अनुसार ग्राहकले खरिद मूल्यसम्मको शतप्रतिशत नगद फिर्ता, सुनको सिक्का वा १० लाख रुपैयाँसम्मको नगद छुटमध्ये सुविधा प्राप्त गर्न सक्नेछन्।

त्यस्तै, मेलास्थलमा ५० भन्दा बढी मूल्याङ्कनकर्ता परिचालन गरी पुरानो सवारीसाधनको उच्चतम मूल्याङ्कन गर्ने व्यवस्था गरिएको कम्पनीले जनाएको छ। हरेक दिन दुई जना भाग्यशाली ग्राहकले पाँच वर्षसम्म निःशुल्क सर्भिस पाउनेछन्। नागरिकता प्रमाणपत्र र सवारी चालक अनुमतिपत्रका आधारमा छिटो वित्तीय सुविधा उपलब्ध गराउने व्यवस्था पनि मेलामा गरिएको छ।

मेलामा एनटर्क १५० र नयाँ अपाचे आरटीआर २०० ४भीसहित टीभीएसका विभिन्न मोडल प्रदर्शनमा राखिएका छन्। आगन्तुकले विभिन्न मोडलको परीक्षण सवारी गर्न पाउनेछन् भने जिमखाना स्टन्ट प्रदर्शन, खेल क्षेत्र तथा खानपानका स्टलसमेत राखिएका छन्।

जगदम्बा मोटर्सकी निर्देशक दीपा अग्रवालले एनटर्क १५० ले स्कुटर बजारमा नयाँ प्रदर्शन क्षमता प्रस्तुत गर्ने बताउँदै नयाँ अपाचे आरटीआर २०० ४भीले टीभीएसको प्रदर्शनमुखी मोटरसाइकलको विरासतलाई थप अघि बढाउने बताइन्।

टीभीएस मोटर कम्पनीका एसिया क्षेत्रीय व्यापार प्रमुख अनुभव बालीले नेपाल टीभीएसका लागि महत्वपूर्ण बजार रहेको बताउँदै नयाँ उत्पादनमार्फत नेपाली ग्राहकलाई नवीन प्रविधि उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरे।

भृकुटीमण्डपमा सञ्चालन भइरहेको मेला असोज १२ गतेसम्म अर्थात् अक्टोबर ४ सम्म चल्नेछ। मेला हरेक दिन बिहान १० बजेदेखि खुला रहने कम्पनीले जनाएको छ।

मंगलबार, १३ असोज २०८३, १५ : ५७

प्रतिक्रिया