काठमाडौं– टोटल इनर्जिज लुब्रिकेन्टको नेपालका लागि आधिकारिक वितरक लक्ष्मी ल्युब आयल प्रालिले ‘रिटेलर तथा प्राइभेट ग्यारेज मेकानिक मिट २०२६’ कार्यक्रमलाई देशका विभिन्न प्रमुख शहरमा विस्तार गरेको छ ।
बिर्तामोड, इटहरी, विराटनगर, वीरगञ्ज र चितवनमा सम्पन्न कार्यक्रममार्फत ७०० भन्दा बढी रिटेलर, डिलर तथा निजी ग्यारेज मेकानिक प्रत्यक्ष रूपमा सहभागी भएका छन् ।
अटोमोटिभ बजारसँगको प्रत्यक्ष सम्बन्धलाई थप मजबुत बनाउने उद्देश्यले आयोजना गरिएको उक्त कार्यक्रमलाई कम्पनीले उत्पादन प्रवद्र्धनमा मात्र सीमित नराखी व्यवसायी तथा प्राविधिकसँग प्रत्यक्ष संवाद गर्ने प्लेटफर्मका रूपमा अघि बढाएको जनाएको छ ।
कार्यक्रममा रिटेलर, डिलर तथा ग्यारेज मेकानिकसँग लुब्रिकेन्टको प्रयोग, सवारीसाधनअनुसार उपयुक्त उत्पादन छनोट, प्राविधिक आवश्यकता, बजारको अवस्था र ग्राहकको व्यवहारलगायत विषयमा छलफल गरिएको थियो ।
कम्पनीका अनुसार बिर्तामोडमा १०० भन्दा बढी, इटहरीमा ९० भन्दा बढी, विराटनगरमा ११० भन्दा बढी तथा वीरगञ्ज र चितवनमा २०० भन्दा बढी सहभागी भएका थिए । यी पाँच शहरका उपलब्ध तथ्यांकअनुसार कुल सहभागी संख्या ७०० भन्दा बढी पुगेको हो ।
_0JTQ90kmsJ.jpg)
कार्यक्रममा टोटल इनर्जिजका विभिन्न उत्पादन तथा तिनको सही प्रयोगबारे प्राविधिक जानकारी आदानप्रदान गरिएको थियो । सवारीसाधनको प्रकार, इन्जिन प्रविधि, सञ्चालन अवस्था र निर्माता कम्पनीको सिफारिस अनुसार सही भिस्कोसिटी तथा ग्रेडका लुब्रिकेन्ट छनोट गर्नुपर्नेमा जोड दिइएको थियो ।
कार्यक्रममा सहभागी रिटेलर तथा मेकानिकले टोटल इनर्जिजका उत्पादन प्रयोगसम्बन्धी आफ्ना व्यावहारिक अनुभव तथा प्रतिक्रिया समेत सेयर गरेका थिए ।
कम्पनीले ‘ग्यारेज चौतारी’ मार्फत ग्यारेज सञ्चालक, मेकानिक तथा अटोमोटिभ व्यवसायीबीच प्राविधिक ज्ञान र अनुभव आदानप्रदान गर्ने गतिविधि समेत सञ्चालन गर्दै आएको छ ।
बिर्तामोड, इटहरी, विराटनगर, वीरगञ्ज र चितवनमा कार्यक्रम सम्पन्न गरेपछि लक्ष्मी ल्युब आयलले आगामी दिनमा नेपालका अन्य प्रमुख शहरमा पनि ‘रिटेलर एन्ड प्राइभेट ग्यारेज मेकानिक मिट २०२६’ आयोजना गर्ने तयारी गरेको छ ।
प्रतिक्रिया