काठमाडौं- प्रधानमन्त्री वालेन्द्र शाहले नेपालमा रासायनिक मल कारखाना स्थापना गर्ने विषयमा सरकार अघि बढिरहेको बताएका छन्। उनले कारखाना स्थापनाका लागि सरकारले चाँडै प्रस्ताव आह्वान गर्ने तयारी गरेको जानकारी दिएका हुन्।
आज सिंहदरबारमा इन्जिनियरिङ पृष्ठभूमिका सांसदहरूसँग बुधबार भएको छलफलमा प्रधानमन्त्री शाहले यस्तो जानकारी दिएको छलफलमा सहभागी राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद डा राम लामाले बताएका छन्।
लामाका अनुसार प्रधानमन्त्री शाहले नेपालमा रासायनिक मल कारखाना खोल्नका लागि सरकारले छिट्टै प्रस्ताव आह्वान गर्ने बताएका थिए।
रासायनिक मल कारखाना स्थापनासँगै विद्युत् खपत बढाउने आयोजना तथा योजनालाई सरकारले आवश्यक सहुलियत दिने विषयमा पनि प्रधानमन्त्री शाहले छलफलमा जानकारी गराएका थिए।
वर्तमान सरकारले निजी क्षेत्रसँगको सहकार्यमा नेपालमा रासायनिक मल कारखाना स्थापना गर्ने प्रतिबद्धता पत्र यसअघि सार्वजनिक गरेको थियो।
प्रतिक्रिया