अपडेट

सुनचाँदीको मूल्य बढ्यो, आज प्रतितोला कति पुग्यो ?

शुक्रबार, १६ असोज २०८३, ११ : ०९

काठमाडौं– नेपाली बजारमा शुक्रबार सुनचाँदीको मूल्य बढेको छ । अघिल्लो दिन स्थिर रहेको सुनचाँदीको मूल्य आज बढेको हो । 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलाको १ हजार ५०० रुपैयाँ र चाँदी २५ रुपैयाँले बढेको हो । महासंघका अनुसार आज सुनको मूल्य तोलाको २ लाख ९४ हजार ८०० रुपैयाँ पुगेको छ । अघिल्लो दिन सुनको मूल्य २ लाख ९३ हजार ३०० रुपैयाँ रहेको थियो । 

त्यस्तै आज चाँदीको मूल्य २५ रुपैयाँले बढेर तोलाको ४ हजार ४५० रुपैयाँ पुगेको छ । अघिल्लो दिन चाँदीको मूल्य तोलाको ४ हजार ४२५ रुपैयाँ रहेको थियो । 
 

शुक्रबार, १६ असोज २०८३, ११ : ०९

प्रतिक्रिया