नेपालका बाढी प्रभावितका लागि होन्डाको एक लाख अमेरीकी डलर सहयोग

शुक्रबार, १६ असोज २०८३, १६ : १८

काठमाडौं- नेपालमा गत अगस्ट २६ मा गएको विनाशकारी बाढीबाट प्रभावित समुदायको राहत तथा पुनर्स्थापना प्रयासमा सहयोग पुर्‍याउन होन्डाले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा US$100,000 सहयोग गरेको छ।

होन्डाको एसिया तथा ओसियाना क्षेत्रीय मुख्यालय Asian Honda Motor Co., Ltd. ले Thai Red Cross Society मार्फत उक्त सहयोग प्रदान गरेको हो। Honda ले बाढीबाट प्रभावित परिवार तथा समुदायप्रति गहिरो समवेदना व्यक्त गर्दै उनीहरूको शीघ्र पुनःस्थापनाको कामना गरेको छ।

शुक्रबार, १६ असोज २०८३, १६ : १८

प्रतिक्रिया