काठमाडौं- नेपाली बजारमा आज (बुधबार) सुनको भाउ यसदिन प्रतितोला आठ सय रूपैयाँ बढेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ९२ हजार तीन सय रूपैयाँमा किनबेच भइरहेको छ।
मंगलबार सुन प्रतितोला दुई लाख ९१ हजार पाँच सय रूपैयाँमा कारोबार भएको थियो। यस्तै, बुधबार चाँदीको मूल्य पनि बढेको छ।
मंगलबार प्रतितोला चार हजार चार सय १५ रूपैयाँमा कारोबार भएको चाँदी यसदिन तोलामा चार हजार चार सय २५ रूपैयाँमा किनबेच भइरहेको छ।
यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला १० रूपैयाँ बढेको हो।
अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस चार हजार एक सय ३६ अमेरिकी डलरमा कारोबार भइरहेको छ।
प्रतिक्रिया