काठमाडौं- साताको कारोबारको पाचौ दिन बिहीवार सुनको मूल्य बढेको छ। कारोबारको अघिल्लो दिनको तुलनामा आज सुनको मूल्य प्रतितोला ५०० रुपैयाँले बढेको हो ।
कारोबारको अघिल्लो दिन प्रतितोला २९२३०० रुपैयाँमा कारोबार भईरहेको छापावाला सुन, आज ५०० रुपैयाँले बढेर २९२८०० रुपैयाँमा कारोबार भईरहेको छ ।
यता चाँदीको मूल्य ३५ रुपैयाँले घटेर प्रतितोला ४३९० रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
प्रतिक्रिया