काठमाडौं- नेपालमा विश्वप्रसिद्ध म्याक्सस (Maxus) ब्रान्डको एकमात्र आधिकारिक वितरक तथा हिमालय अर्गनाइजेसन अन्तर्गतको कम्पनी हिमालय मोटरक्स प्रा.लि. (Himalaya Motrox Pvt. Ltd.) ले नेपालको महान चाड दशैंकोअवसरमा “दशैंको उमंग, MAXUS सँग” नामक एक विशेष चाडपर्व अभियान आधिकारिक रूपमा सार्वजनिक गरेको छ ।
अटोमोटिभ बजार दिगो विलासिता र बलियो कार्यक्षमतातर्फ उन्मुख भइरहेको बेला, विश्वव्यापी अटोमोटिभ पावरहाउस साइक ग्रुप (SAIC Group) अन्तर्गतको म्याक्ससले नेपालमा इलेक्ट्रिक पिकअप सेग्मेन्टलाई नयाँ तरिकाले परिभाषीत गरेको छ । इ–टेरोन ९ कम्फर्ट र इ–टेरोन ९ प्रिमियम गरी दुई उत्कृष्ट भेरियन्टमा उपलब्ध यो सवारीसाधनले कार जस्तै आराम, एसयूभी स्तरको भव्यता र शक्तिशाली अफ–रोड क्षमतालाई संयोजन गर्दै पिकअप गाडीको उपयोगितालाई नयाँ परिभाषा दिएको छ ।
विशेष दशैं अभियानका मुख्य विशेषताहरू
नेपाली ग्राहकहरूका लागि यो चाडपर्वलाई अझ बढी फलदायी र सुलभ बनाउन हिमालय मोटरक्सले उत्कृष्ट प्रवद्र्धनात्मक अफरहरू ल्याएको छ जस्मा:१ वर्ष निःशुल्क चार्जिब – (1
Year Free Charging ): यस अभियान अवधिमा म्याक्सस इ–टेरोन ९ खरिद गर्ने ग्राहकहरूले १ वर्षभरि निःशुल्क चार्जिबको आनन्द लिन सक्नेछन्। हिमालय मोटरक्सले पूरा एक वर्षको लागि चार्जिब खर्च व्यहोर्नेछ, जसले सञ्चालन लागतलाई उल्लेखनीय रूपमा कम गर्नेछ ।
आकर्षक फाइनान्सिब सुविधा
जम्मा २०% डाउन पेमेन्ट सुविधासहित प्रिमियम इलेक्ट्रिक पिकअपको स्वामित्व लिनु अब अझ सहज भएको छ । साथै ग्राहकहरुले सजिलो फाइनान्सिब सुविधा सहित ७ बर्ष सम्मको इएमआई सुविधा प्राप्त गर्न सक्ने छन् । यस्तो फाइनासिब सुविधा कम्पनीको काठमाण्डौ, हात्तिसारमा रहेको म्याक्सस्को शोरुमबाट नै प्राप्त गर्न सक्ने छन्।
अतुलनीय कार्यक्षमता र एसयूभी जस्ता विशेषताहरू म्याक्सस इ–टेरोन ९ नेपालको सबै प्रकारकोभूभागहरूलाई उपयुक्त रहेको छ । एउटा अफरोड पिकअप भएर पनि यो गाडीमा कारको जस्तो लक्जरी सुबिधा, एयर सस्पेन्सन सहितको एसयुभी पर्फमेन्स पाउन सकिने छ ।
गाडीमा फोरव्हिल ड्राइभ सहितको अल–ह्विल ड्राइभ भएकोले नेपालका सबै सडक परिस्थितिहरूमा उत्कृष्ट ट्र्याक्सन, स्थिरता र ह्यान्डलिब प्रदान गर्दछ । सेग्मेन्ट मै उच्च क्षमताको १०२.२ किलोवाट आवर ब्याट्री भएकोले लामो यात्रा र निरन्तर पावर डेलिभरीका उपयुक्त रहेको छ ।
एकै चार्जमा ५६० किमि सम्मको रेन्ज दिने भएकोले शहर र राजमार्ग दुवै स्थानमा रेन्ज एंग्जाइटी (दूरीको चिन्ता) लाई हटाउँछ । सजिलै उकालो चढ्नका लागि ७०० एनएम टर्कले गर्दा शक्तिशाली एक्सेलेरेसन प्रदान गर्दछ । म्याक्सस्पिकअपमा ब्याट्रीमा ८ बर्ष सम्म वा २ लाख किमि तथा मोटरमा ५ बर्ष वा १लाख साठी हजार किमि सम्मको वारेन्टी रहेको छ ।
यो स्किम अन्तर्गत गाडी खरिद गर्ने ग्राहकहरुले १ बर्षको अटोप्लस बिमा तथा १ आर्थिक बर्षको कर समेत गाडी खरिद गर्ने मुल्यमा नै प्राप्त गर्न सक्ने कुरा कम्पनीले जनाएको छ । दशैं अभियानको शुभारम्भबारे बोल्दै हिमालय मोटरक्सका शोरुम म्यानेजर सुजन श्रेष्ठकोभनाइ छ, “दशैं खुसीका साथ नयाँ सुरुवात गरी परिवारसँग मनाउने चाँड हो ।
हामी बजारमै सबैभन्दा प्रतिस्पर्धी स्वामित्व योजना प्रस्तुत गरेर यो खुसी हाम्रा ग्राहकहरूसँग बाँड्न चाहन्छौं । म्याक्सस इ–टेरोन ९ मार्फत हामीले एक वर्षको निःशुल्क चार्जिब र झन्झटरहित फाइनान्सिंगसहित अतुलनीय पावर, विलासिता र मानसिक शान्ति प्रदान गरिरहेका छौं ।
सम्भावित ग्राहकहरूले म्याक्सस इ–टेरोन ९ को एसयूभी जस्तो आराम र पूर्ण सुविधाहरू प्रत्यक्ष अनुभव गर्न हिमालय मोटरक्सका आधिकारिक शोरूमहरूको भ्रमण गर्न सक्नेछन्। विस्तृत नियम, सर्तहरू र योजनाका विवरणहरू सबै आधिकारिक आउटलेटहरूमा उपलब्ध छन् । अत्याधुनिक, वातावरण मैत्री सवारी साधानहरु भित्र्याउन प्रतिबद्ध हिमालय मोटरक्सले भरपर्दो आफ्टर–सेल्स सर्भिस र ग्राहक सहयोगको साथ साइक ग्रुप (SAIC Group) का विश्व–स्तरीय विद्युतीय सवारी साधनहरू नेपाली बजारमा ल्याएको छ ।
प्रतिक्रिया