काठमाडौं- सीजी इलेक्ट्रोनिक्सअन्तर्गत सञ्चालित सीजी डिजिटलले कोशी प्रदेशको राजधानी विराटनगरमा आफ्नो २८औँ शोरुम सञ्चालनमा ल्याएको छ। कम्पनीका अनुसार यो नेपालकै सबैभन्दा ठूलो मल्टिब्रान्ड शोरुम हो। नयाँ शोरुम सञ्चालनमा आएसँगै विराटनगर तथा आसपासका क्षेत्रका ग्राहकले विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ब्रान्डका इलेक्ट्रोनिक्स र घरायसी उपकरण एउटै छानामुनि खरिद गर्न सक्ने भएका छन्।
शोरुमको उद्घाटन नेपाल चेम्बर अफ कमर्स, कोशी प्रदेशका अध्यक्ष राजेन्द्र राउतले रिबन काटेर गरेका हुन्। शोरुम विस्तारले पूर्वी नेपालमा आधुनिक इलेक्ट्रोनिक्स तथा घरायसी उपकरणको पहुँच बढाउनुका साथै ग्राहकलाई गुणस्तरीय उत्पादन र सेवा उपलब्ध गराउने कम्पनीको लक्ष्यलाई थप बल पुर्याउने अपेक्षा गरिएको छ।
सीजी डिजिटलले आधुनिक प्रविधि, गुणस्तरीय उत्पादन र विश्वसनीय ग्राहक सेवामार्फत आफ्नो खुद्रा बिक्री सञ्जाल विस्तार गर्दै आएको छ। हाल सीजी इलेक्ट्रोनिक्सको खुद्रा बिक्री सञ्जालअन्तर्गत देशभर २८ वटा शोरुम सञ्चालनमा छन्। तीमध्ये २२ वटा सीजी डिजिटल र ६ वटा एलजी ब्रान्डका शोरुम रहेका छन्।
सीजी डिजिटलका शोरुममा एलजी, सीजी, सीजी मेरिडिया, टीसीएल, गोदरेज, मिडिया, क्रम्पटन, बेको, सेन्सेई, केन्ट, एलिका, ब्ल्याकंडेकर, बर्ली तथा गुडम्यान्सलगायत ब्रान्डका टेलिभिजन, रेफ्रिजरेटर, वासिङ मेसिन, एयर कन्डिसनर, माइक्रोवेभ ओभन तथा अन्य घरायसी उपकरण उपलब्ध छन्। साथै, नथिङ, मोटोरोला र एआई प्लसका मोबाइल फोन पनि खरिद गर्न सकिने कम्पनीले जनाएको छ।
उद्घाटन र दसैँको अवसरमा विशेष अफर
नयाँ शोरुमको उद्घाटन तथा विजया दशमीको अवसरमा कम्पनीले ग्राहकका लागि विभिन्न आकर्षक योजना सार्वजनिक गरेको छ। योजनाअन्तर्गत तत्काल ३० प्रतिशतसम्म छुट, पक्का उपहार, मोबाइल फोन जित्ने अवसर तथा शून्य प्रतिशत ब्याजदरमा किस्ताबन्दी सुविधा उपलब्ध गराइएको छ।
‘स्पिन एन्ड विन’ योजनामार्फत ग्राहकले तत्काल ३० प्रतिशतसम्म छुट पाउन सक्नेछन्। त्यस्तै, ‘बम्पर लक्की ड्र’ अन्तर्गत पाँच जना भाग्यशाली विजेतालाई मोबाइल फोन प्रदान गरिने कम्पनीले जनाएको छ।
‘सोर सट गिफ्ट’ योजनाअन्तर्गत प्रत्येक खरिदमा पक्का उपहारको व्यवस्था गरिएको छ। ग्राहकले पुराना इलेक्ट्रोनिक्स तथा घरायसी उपकरण साटेर नयाँ उत्पादन खरिद गर्न सक्ने सुविधा पनि पाउनेछन्। यसका साथै शून्य प्रतिशत ब्याजदरमा किस्ताबन्दी सुविधा उपलब्ध गराइएको छ।
कम्पनीका अनुसार यी अफर लागू हुने नियम तथा सर्तअनुसार उपलब्ध हुनेछन्।
विराटनगरमा नयाँ शोरुम सञ्चालनमा आएसँगै ग्राहकले विभिन्न ब्रान्डका उत्पादनको तुलना गरी आफूलाई आवश्यक र बजेटअनुकूल उपकरण छनोट गर्न सहज हुने कम्पनीको अपेक्षा छ। एउटै स्थानबाट विभिन्न ब्रान्डका उत्पादन खरिद गर्न सकिने भएकाले यसले पूर्वी नेपालका ग्राहकको किनमेल अनुभवलाई थप सहज बनाउने विश्वास कम्पनीले लिएको छ।
‘सबै ब्रान्ड एउटै छानामुनि’ भन्ने अवधारणासहित अघि बढिरहेको सीजी डिजिटलले ग्राहकको विश्वास र गुणस्तरीय सेवामा केन्द्रित हुँदै आफ्नो सेवा विस्तार गरिरहेको जनाएको छ।
प्रतिक्रिया