काठमाडौं- बीवाईडीको नेपालका लागि आधिकारिक वितरक साइमेक्स इंकले विश्व स्तरीय ग्राहक अनुभव प्रदान गर्ने प्रतिबद्धतालाई अझ बलियो बनाउदै भक्तपुरमा नयाँ सर्भिस सेन्टर सञ्चालनमा ल्याएको छ। कम्पनीले काठमाडौंको डल्लुमा अर्को सर्भिस सेन्टर निर्माणका लागि शिलान्याससमेत गरेको छ।
यी दुई उपलब्धिले नेपालको बढ्दो ग्राहक आधारलाई लक्षित गर्दै बीवाईडीको बिक्रीपछिको सेवा पूर्वाधार विस्तार गर्ने, सर्भिसको पहुँचलाई थप सहज बनाउने र सवारीसाधनको स्वामित्व अवधिभर ग्राहकलाई सहज तथा व्यवस्थित सेवाको अनुभव प्रदान गर्ने साइमेक्स इंकको निरन्तर प्रयासलाई थप मजबुत बनाएका छन्।
बीवाईडीको एसिया–प्यासिफिक अटो सेल्स डिभिजनका डेपुटी जनरल म्यानेजर झाङ जी र असिस्टेन्ट जनरल म्यानेजर तथा आफ्टर सेल्स हेड फेङ एरदोङले भक्तपुरस्थित सर्भिस सेन्टरको उदघाटन गरेका थिए ।
२५ हजार वर्गफिटभन्दा बढी क्षेत्रफलमा सुविधा
भक्तपुरमा निर्माण गरिएको नयाँ सर्भिस सेन्टर २५ हजार ७२।६० वर्गफिट क्षेत्रफलमा फैलिएको छ। यसलाई सेल्स, सर्भिस र स्पेयर पार्ट्स सम्बन्धी सुविधा एउटै स्थानमा उपलब्ध हुने ‘थ्रीएस’ सेन्टरका रूपमा विकास गरिएको छ।
उक्त सर्भिस सेन्टरमा आठवटा सर्भिस बे उपलब्ध छन्। तीमध्ये पाँचवटा हाल सञ्चालनमा आएका छन् भने बाँकी तीनवटा भविष्यमा सवारीसाधनको सर्भिससम्बन्धी आवश्यकता बढ्दै जाँदा प्रयोगमा ल्याइने छ। सो सेन्टरमा सवारीसाधन बिक्रीका लागि शोरुमसमेत चाँडै नै सञ्चालनमा आउने छ।
भक्तपुरको मौलिक वास्तुकलाबाट प्रेरित
भक्तपुरको सांस्कृतिक तथा वास्तुकलागत पहिचानलाई ध्यानमा राखेर सर्भिस सेन्टरको डिजाइन तयार गरिएको छ। बीवाईडीको अन्तर्राष्ट्रिय ब्रान्ड मापदण्डलाई स्थानीय सम्पदासँग जोड्ने उद्देश्यले यसलाई ‘बीवाईडी हेरिटेज शोरुम एन्ड सर्भिस सेन्टर’ अवधारणामा विकास गरिएको हो।
यस परियोजनाले स्थानीय समुदायको सांस्कृतिक पहिचानलाई सम्मान गर्दै परम्परागत सवारीसाधन बिक्री तथा सर्भिसिङको अवधारणाभन्दा फरक र विशेष अनुभव प्रदान गर्ने लक्ष्य राखेको छ।
सेल्स, सर्भिस र स्पेयर पार्ट्सको सुविधा एउटै स्थानमा उपलब्ध हुने यस सर्भिस सेन्टरले बीवाईडीको प्राविधिक दक्षता र सर्भिस स्ट्यान्डर्ड अनुसार ग्राहकलाई सवारीसाधन खरिददेखि नियमित मर्मतसम्भारसम्म सहज र सुविधाजनक सेवा प्रदान गर्ने लक्ष्य राखेको छ।
नेपालमा विद्युतीय सवारीसाधनको प्रयोग बढ्दै गइरहेको अवस्थामा ग्राहकलाई बिक्रीपछिको सेवा सहज रूपमा उपलब्ध गराउने साइमेक्सको दीर्घकालीन दृष्टिकोणलाई समेत यसले प्रतिबिम्बित गरेको छ।
_cle3Dx6F2D.jpg)
डल्लुको शिलान्यास, अर्को चरणको विस्तार
भक्तपुरको सर्भिस सेन्टर उद्घाटनकै दिन काठमाडौंको डल्लुमा नयाँ बीवाईडी सर्भिस सेन्टर निर्माणका लागि शिलान्यास गरिएको छ। यसले राजधानीमा बीवाईडीको सर्भिस पूर्वाधार विस्तार गर्ने अर्को महत्वपूर्ण कोशेढुंगालाई प्रस्तुत गरेको छ।
उक्त कार्यक्रममा बीवाईडी एसिया–प्यासिफिक अटो सेल्स डिभिजनका डेपुटी जनरल म्यानेजर झाङजी, असिस्टेन्ट जनरल म्यानेजर र हेड अफ आफ्टर सेल्स फेङ एरदोङ, बीवाईडी एसिया–प्यासिफिक अटो सेल्स डिभिजनका साउथ एसिया रिजनका हेड अफ आफ्टर सेल्स लिउ सियाओफेङ सहित साइमेक्स इंकका चेयरम्यान अनिल श्रेष्ठ, म्यानेजिङ डाइरेक्टर यमुना श्रेष्ठ र सीईओ साहिल श्रेष्ठ सहभागी थिए ।
डल्लुमा बन्ने नयाँ सर्भिस सेन्टरले काठमाडौं उपत्यकामा सर्भिस क्षमता विस्तार गर्ने तथा बीवाईडीका ग्राहकलाई मर्मतसम्भार सेवा थप सहज रूपमा उपलब्ध गराउने साइमेक्स इंकको फराकिलो रणनीतिमा सहयोग पुर्याउने कम्पनीको विश्वास छ। यसले बीवाईडीका ग्राहकले नेपालमा बढ्दो ब्रान्डको उपस्थितिका साथ भरपर्दो, व्यावसायिक र दक्ष आफ्टर सेल्स सपोर्ट पाउने कार्यमा थप बल पुग्ने अपेक्षा गरिएको छ।
सुपेरियर र सिन्सियर सर्भिसमा प्रतिबद्ध
विद्युतीय सवारीसाधनको प्रयोग बढेसँगै बिक्रीपछिको सेवा, दक्ष प्राविधिक जनशक्ति, सक्कली स्पेयर पार्ट्स तथा भरपर्दो मर्मतसम्भार सुविधा पनि उत्तिकै महत्वपूर्ण हुन्छन्। त्यसैले कम्पनीले नेपालमा बीवाईडीको सर्भिस र पूर्वाधार विस्तारलाई प्राथमिकतामा राखेको छ।
भक्तपुरमा नयाँ थ्रीएस सेन्टर सञ्चालनमा आउनु र डल्लुमा अर्को सर्भिस सेन्टर निर्माण सुरु हुनुले बीवाईडीको बिक्रीपछिको सेवा सञ्जाल विस्तार गर्ने कम्पनीको योजनालाई थप अघि बढाएको छ।
यी विभिन्न उपलब्धिहरुले कम्पनीको ‘सुपेरियर एन्ड सिन्सियर सर्भिस’ अर्थात् उत्कृष्ट र इमानदार सेवा प्रदान गर्ने सर्भिस फिलोसोफीलाई पुनः पुष्टि गरेका छन्।
विश्वव्यापी अनुभव, स्थानीय लगानी र ग्राहकलाई प्राथमिकतामा राख्ने दृष्टिकोणलाई एकीकृत गर्दै साइमेक्स इंक नेपालमा विद्युतीय सवारीसाधनको विकासका लागि आवश्यक आधारहरू थप सुदृढ बनाउन र बीवाईडीको ब्रान्ड स्ट्यान्डर्ड अनुरुप ग्राहकलाई उत्कृष्ट सवारी स्वामित्व अनुभव प्रदान गर्न निरन्तर केन्द्रित रहेको छ।
प्रतिक्रिया