काठमाडौं- नेपाली बजारमा सुनको मूल्य लगातार दोस्रो दिन घटेको छ। मंगलबार सुनको मूल्य प्रतितोला २ हजार २ सय रुपैयाँले घटेसँगै दुई दिनमा कुल ४ हजार ३ सय रुपैयाँले सस्तिएको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबारका लागि सुनको मूल्य प्रतितोला २ लाख ९२ हजार २ सय रुपैयाँ कायम गरिएको छ। अघिल्लो दिन सोमबार सुन प्रतितोला २ लाख ९४ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो। सोमबार पनि सुनको मूल्य प्रतितोला २ हजार १ सय रुपैयाँले घटेको थियो।
यसैगरी, चाँदीको मूल्य पनि घटेको छ। मंगलबार चाँदी प्रतितोला ६० रुपैयाँले घटेर ४ हजार ३ सय ५५ रुपैयाँ कायम भएको छ। अघिल्लो दिन सोमबार चाँदी प्रतितोला ४ हजार ४ सय १५ रुपैयाँमा कारोबार भएको थियो।
प्रतिक्रिया