मौसम पूर्वानुमान

आज कस्तो रहला देशभरको मौसम ?

बुधबार, २८ असोज २०८३, ०७ : ५७

काठमाडौं- जल तथा मौसम विज्ञान विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशमा पश्चिमी वायु र मनसुनी वायुको आंशिक प्रभाव रहेको छ।

जसको प्रभावले हाल देशका हिमाली भूभागमा आंशिक बादल लागेको छ । देशका पहाडी र तराई भूभागमा मौसम मुख्यतया सफा रहेको छ ।

आज दिउँसो देशको हिमाली र पहाडी भूभागमा आंशिक बादल लाग्ने तथा तराई भूभागमा मौसम मुख्यतया सफा रहनेछ। देशका हिमाली भूभागका साथै बागमती, गण्डकी र लुम्बिनी प्रदेशको पहाडी भूभागका एक–दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना छ । 

आज राति देशको हिमाली भूभागमा आंशिक बादल लाग्ने तथा पहाडी र तराई भूभागमा मौसम मुख्यतया सफा रहनेछ । कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली भूभागका एक–दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ । 

बुधबार, २८ असोज २०८३, ०७ : ५७

प्रतिक्रिया