काठमाडौं- नेपाल टेलिकमले ‘अटम अफर २०८३’ सार्वजनिक गर्दै ग्राहकका लागि विभिन्न आकर्षक भ्वाइस, डाटा तथा कम्बो प्याकेज उपलब्ध गराएको छ । कम्पनीले नयाँ प्याकेज सञ्चालनमा ल्याउनुका साथै विद्यमान डाटा तथा कम्बो प्याकेजलाई थप आकर्षक बनाएको जनाएको छ ।
असोज २६ गतेदेखि लागू भएको अफरअन्तर्गत ग्राहकले आफ्नो आवश्यकता र बजेटअनुसार विभिन्न प्याकेज छनोट गर्न सक्नेछन् । कम्पनीले अल नेट भ्वाइस प्याकअन्तर्गत ३५ रुपैयाँमा १०१ मिनेट, ४९ रुपैयाँमा १११ मिनेट, ९८ रुपैयाँमा २२२ मिनेट, १८९ रुपैयाँमा ३३३ मिनेट र २९९ रुपैयाँमा ६६६ मिनेट कल गर्न सकिने सुविधा उपलब्ध गराएको छ । यी प्याकेजको अवधि क्रमशः १, ३, ७, ३० र ३० दिन रहेको छ ।
त्यसैगरी, ‘सजिलो अनलिमिटेड’ प्याकअन्तर्गत ६९९ रुपैयाँमा ३० दिनसम्म अनलिमिटेड अल नेट भ्वाइस, ३० जीबी डाटा र २०० वटा अल नेट एसएमएस प्रयोग गर्न सकिनेछ । त्यस्तै, १ हजार ४९९ रुपैयाँको प्याकेजमा ३० दिनसम्म अनलिमिटेड अल नेट भ्वाइस, ६०० जीबी डाटा र ३५० वटा अल नेट एसएमएस उपलब्ध हुने कम्पनीले जनाएको छ ।
पोस्टपेड मोबाइल प्रयोगकर्ताले ३७३ रुपैयाँको मासिक रेन्टल चार्जमै विभिन्न भ्वाइस तथा डाटा प्याकेज र कम्बो प्याक प्रयोग गर्न सक्नेछन् । कम्पनीले भ्वाइस तथा डाटाका अन्य प्याकेजसहित बन्डल्ड प्याक, एड अन प्याकेज, सीयूजी प्याकेज, एसएमएस प्याक र एफटीटीएच प्याकेजसमेत उपलब्ध गराएको छ । फरक क्षमता भएका व्यक्तिका लागि पनि छुट्टै प्याकेजको व्यवस्था गरिएको छ ।
ग्राहकले आफ्नो मोबाइलबाट ८ज्ञद्धज्ञछ३ डायल गरेर वा नेपाल टेलिकमको मोबाइल एप प्रयोग गरी विभिन्न प्याकेजबारे जानकारी लिन तथा सेवा खरिद गर्न सक्नेछन् । यसका साथै कम्पनीको आधिकारिक वेबसाइट धधध।लतअ।लभत।लउ बाट पनि अफरसम्बन्धी विस्तृत जानकारी प्राप्त गर्न र प्याकेज खरिद गर्न सकिने नेपाल टेलिकमले जनाएको छ ।
प्रतिक्रिया