पर्वतारोहणबाट ३३ करोड ४२ लाख आम्दानी

शुक्रबार, ०४ मंसिर २०८३, १५ : ०३

काठमाडौं- सरकारले चालु आवमा १८८ टोलीलाई ४८ वटा हिमाल आरोहणको अनुमति दिएर रु ३३ करोड ४२ लाख ३४ हजार २२६ राजस्व संकलन गरेको छ ।

मनास्लु आरोहणका लागि अनुमति लिएका ४३ टोलीका ५०० जनाबाट रु २२ करोड ५८ लाख ५७ हजार १८९, धौलागिरि–१ आरोहणमा जाने ३७ जनाबाट रु ८४ लाख ७३ हजार ६५० र  मकालु आरोहण गर्ने तीन आरोहीबाट रु छ लाख ८८ हजार ५० राजस्व  प्राप्त भएको हो ।

यसैगरी, हिम्लुङ आरोहण दलका १३० जनाबाट रु ७९ लाख ७४ हजार २० र आमादब्लम आरोहणका टोलीका ४७६ जना आरोहीले रु सात करोड १३ लाख ४७ हजार १०० सलामी दस्तुर राज्यकोषमा दाखिला गरेका छन् । 

शुक्रबार, ०४ मंसिर २०८३, १५ : ०३

प्रतिक्रिया