भोटेकोशी बाढीपीडितका लागि चीनले २० लाख डलर सहयोग गर्ने

शुक्रबार, ०४ मंसिर २०८३, १३ : १५

काठमाडौं- भोटेकोशी नदीमा आएको आकस्मिक बाढीबाट प्रभावित नागरिकको उद्धार तथा राहतका लागि चीन सरकारले नेपाललाई २० लाख अमेरिकी डलर आर्थिक सहयोग उपलब्ध गराउने भएको छ।

शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले चीन सरकारबाट प्राप्त हुने उक्त रकम अनुदानका रूपमा स्वीकार गर्ने निर्णय गरेको हो।

सरकारका प्रवक्ता एवं सञ्चारमन्त्री विक्रम तिमिल्सिनाका अनुसार बाढी प्रभावित क्षेत्रका नागरिकको उद्धार, जीवनरक्षा, राहत वितरण र आपत्कालीन व्यवस्थापनका लागि चीनले आर्थिक सहयोग उपलब्ध गराउन लागेको हो।

चीनबाट प्राप्त हुने सहयोग प्रभावित क्षेत्रमा तत्काल उद्धार तथा राहतका कार्यक्रम सञ्चालन गर्न उपयोग गरिने सरकारको अपेक्षा छ। यसले बाढीबाट प्रभावित नागरिकलाई राहत पुर्‍याउनुका साथै विपद् व्यवस्थापनका कामलाई सहज बनाउने विश्वास गरिएको छ।

शुक्रबार, ०४ मंसिर २०८३, १३ : १५

प्रतिक्रिया