सहिदको सम्झनामा स्थानीय युवा क्लबद्धारा फुटबल प्रतियोगिता हुने

४ बर्ष अगाडि

धादिङ  – नीलकण्ठ नगरपालिका २ चिसापानीमा सहिद राजु दाहाल प्रथम स्मृति फुटबल प्रतियोगिता हुने भएको छ ।
चिसापानीमा जन्मिएका सहिद राजु दाहाल तात्कालिक माओवादी जनयुद्धका  कमान्डर थिए । तारुका नुवाकोटको चन्दनी चौकी हमला गर्न जादा उहाँ सहिद भएका  थिए। तसर्थ उनको सम्झनामा स्थानीय युवा क्लब गणेश कुण्डको आयोजनामा उक्त प्रतियोगिता हुने भएको हो ।
आगामी भदौ १३ गते देखि हुने उक्त खुल्ला अन्तर क्लव स्तरीय पुरुष फुटबल प्रतियोगिताको प्रथम पुरस्कार नगद २५ हजार, १५ हजार र १० हजार रहेको  क्लबका अध्यक्षले बताए ।

४ बर्ष अगाडि

प्रतिक्रिया