अर्नाका लागि प्रसिद्ध पर्यटकीय क्षेत्र कोशीटप्पु पर्यटकको रोजाईमा

४ बर्ष अगाडि

अर्नाका लागि प्रसिद्ध पर्यटकीय क्षेत्रका रुपमा रहेका कोशीटप्पु वन्यजन्तु आरक्षमा एक वर्षमा १८ हजार ७७३ जना पर्यटकले अवलोकन गरेका छन् । 

सुनसरीको कोशी गाउँपालिकास्थित पश्चिमकुशाहामा रहेको कोशी टप्पुमा आर्थिक वर्ष २०७५÷७६ मा सो सङ्ख्यामा पर्यटकले अवलोकन गरेको आरक्षका सूचना अधिकारी गणेशप्रसाद तिवारीले बताउनुभयो ।

गत आर्थिक वर्षमा आरक्षमा १८ हजार ३८५ नेपाली, ३६ सार्क मुलुकका र ३५२ विदेशी गरी कूल १८ हजार ७७३ पर्यटकले आरक्षको अवलोकन गरेको उहाँले जानकारी दिनुभयो । 

आरक्षमा सबैभन्दा बढी कात्तिक महीनामा पर्यटकले अवलोकन गरेका छन् भने सबैभन्दा कम फागुन महीनामा पर्यटक आएको आरक्षको तथ्याङ्कले देखाएको छ । आरक्षमा कात्तिकमा दुई हजार सात सय चार जना पर्यटक आएको छ । तीमध्ये दुई हजार ६६२ नेपाली, सात सार्क मुलुकका र ३५ जना विदेशी रहेका छन् । त्यस्तै फागुनमा महिनामा ८९६ जना पर्यटक आएको छ । तीमध्ये ८२९ नेपाली, तीन सार्क मुलुकका र ६४ जना विदेशी रहेका छन् ।

आरक्षमा विभिन्न किसिमका चराचुरुङ्गी, पुतली, अर्ना, हात्तीमा सवार गर्नका लागि पर्यटक आएको आरक्ष प्रशासनले जनाएको छ । 

सवा करोड राजश्व सङ्कलन  

गत आर्थिक वर्षमा नेपाल विद्युत् प्राधिकरण इनरुवा वितरण केन्द्रले सवा करोडभन्दा बढी राजश्व सङ्कलन गरेको छ । प्राधिकरणले आव २०७५÷७६ मा रु एक करोड ४५ लाख ५१ हजार ४० राजश्व सङ्कलन गरेको प्राधिकरण इनरुवा प्रमुख ई। सञ्जीवकुमार साहले बताउनुभयो । वितरण केन्द्र इनरुवाले जारी गरेको वार्षिक प्रगति प्रतिवेदनमा काटिएका विद्युत्लाइन, कालोपाटी सूची, डाइरेक्ट हुकिङ र मिटर चुहावटतर्फ कारवाहीवापत झण्डै रु एक करोड ५० लाख राजश्व सङ्कलन भएको जनाएको छ ।
 
आव २०७५÷७६ मा तोकिएको समयभित्र बिल नबुझाउने ६११ जनाको लाइन काटिएको छ । जसमध्ये ५९७ बाट रु एक करोड २६ लाख ६० हजार ९८० असुली गरिएको प्राधिकरणका इनरुवा प्रमुख साहले बताउनुभयो । त्यसैगरी प्राधिकरणले १५२ कालोसूचीमा परेकामध्ये केवल छ जनाले मात्र जरिवाना बुझाएको उनीहरुबाट रु चार लाख आठ हजार ७६९ मात्र उठेको छ । 

यसैगरी ५०२ डाइरेक्ट हुकिङ हटाएकाबाट रु ११  लाख १४ हजार ५६ राजश्व असुुली भएको प्रमुख साहले बताउनुभयो । मिटर चुहावट असुली रकम तीन लाख ६७ हजार २३५ रहेको प्राधिकरण इनरुवाले जनाएको छ ।

४ बर्ष अगाडि

प्रतिक्रिया