सातदोबाटोमा खुल्याे ज्योति विकास बैंकको शाखा

विहीबार, १२ भदौ २०७६, १६ : ३४

ज्योति विकास बैंकले ललितपुरको सातदोबाटोमा नयाँ शाखाको औपचारिक उद्घाटन गरेको छ।

बैंकिङ्ग पहुँच थप विस्तार गर्दै जनतामाझ पुर्याउने उद्देश्यका साथ नयाँ शाखा सातदोबाटोमा सञ्चालनमा ल्याइएको हो।  

प्रमुख अतिथी नेपाल राष्ट्र बैंक, बैंक तथा वित्तीय संस्था नियमन विभागका कार्यकारी निर्देशक देव कुमार ढकालले नयाँ शाखाको उद्घाटन गरेका थिए । 

कार्यक्रममा  ज्योति विकास बैंकका अध्यक्ष हरिचन्द्र खड्का तथा प्रमुख कार्यकारी अधिकृत मनोज कुमार ज्ञवाली समेतले सम्बोधन गरेका थिए ।

विहीबार, १२ भदौ २०७६, १६ : ३४

प्रतिक्रिया