एक पटक पुग्नै पर्ने धार्मिक तथा प्राकृतिक सौन्दर्यको केन्द्र "पाथिभारा"

४ बर्ष अगाडि

नेपाल एक पर्यटकिय भुमी हो । प्राकृतिक सम्पदाको धनी देश नेपाल बर्षौ दखी विदेशी पर्यटकका लागी गन्तव्य स्थल बन्दै आएको छ । नेपाल पर्यटकिय भुमी मात्र नभएर एक धार्मिक भुमी पनि हो । नेपाली भुमीमा पर्यटक भित्र्याउन यहाँ रहेका अनेकौ मठ, मन्दिर, धाम, तीर्थस्थलहरुले पनि उतिकै  प्रभाव पारिरहेका छन् ।

सुदुर पूर्व नेपालको ताप्लेजुङ्गमा अवस्थित पाथिभरा देवी  धाम  पर्यटकिय र  धार्मिक हिसाबले कहलिएको ठाँउ हो ।  त्याँहा पुग्दा  पाथिभरा देवीको दर्शनसँगै आलौकीक, रोमाञ्चक ठाँउको भ्रमण हुने भएकाले हजारैँ आन्तरिक तथा विदेशी पर्यटक त्यस ठाउँमा पुग्ने गरेकाछन् ।

नेपालका मात्र नभएर भारतको सिक्किम, आसाम, पश्चिम वंगाल र विहार हुँदै भुटान, बार्मा लगायत विश्वका धेरै हिन्दु धर्मालम्बीहरु वर्षेनी पाथिभरा देवीको दर्शन गर्न आउने क्रम बढिरहेको छ । 
ताप्लेजुङ्ग जिल्लाको सदरमुकाम फुङ्गलिङ्ग वजारवाट करिव २० कि.मि.उत्तर  करिव १२ हजार फीट (३७९४ मीटर)को पहाडको थुम्कोमा अवस्थित छ ।

हिउँदमा अति चिसो  र वर्षमा झण्डै आधा समय हिउँ पर्ने भएकाले याहा आउने पर्यटकको मननै लोभिने गर्छ । उत्तर तर्फ कुम्भकर्ण र कञ्चनजंगा हिमाली श्रृङ्खलाको काखमा रहेको यस स्थान वरिपरि शान्त र रमणीय जंगलले भरिभराउ छ ।

गाडीबाट र्ओलिएर ४ घण्टाको उकालो चठ्दाको थकानमाथि  बाटै भरी फुलेका लालिगुराशको रोमाञ्चक दृश्यले उकालो उक्लिनलाई अर्को आँट थपिदिने गर्छ ।  
खुल्ला आकास मुनि रहेको पाथिभरा भगवतीको विशाल मूर्ति नेपालकै सबै भन्दा अग्लो ठाउँमा रहेको भगवतीको मूर्ति भन्ने गरिन्छ ।

नेपाल एक पर्यटकिय भुमि भएकाले पाथिभरा भगवती जस्ता धार्मिक तथा पर्यटकिय सम्भावना बोकेका क्षेत्रहरुको बिकाश, तथा प्रचारप्रसारमा लाग्नु आवश्यक देखिन्छ ।

४ बर्ष अगाडि

प्रतिक्रिया