मेचीमा भ्रमण वर्ष शुरु

४ बर्ष अगाडि

इलाम – नेपाल भ्रमण वर्ष २०२० मनाउन पूर्वी जिल्लाका व्यवसायीले तयारी शुरु गरेका छन् । भ्रमण वर्ष सफल वनाउृन मेची अञ्चलका पर्यटन व्यवसायीले समिति गठन गर्नेदेखि भ्रमण प्याकेज बनाउने काम समेत थालेका छन् । 

पर्यटन व्यवसायीहरुको भेलाले राजेन दंगालको अध्यक्षतामा मेची कोरिडोर पर्यटन सरोकार समिति  गठन गरेको छ । 

पर्यटन व्यवसायीले भ्रमण वर्ष सफल वनाउन सबै तह र तप्कावाट लाग्न सबैलाई आह्वान समेत गरेका छन् । 

भ्रमण वर्ष सफल वनाउन जिल्ला–जिल्लामा समिति गठन गर्ने र सम्बन्धित संस्थासँग समन्वय गरेर आउने पर्यटनका लागी राम्रो ब्यवस्था मिलाइने पर्यटन व्यवसायी देबी पौड्ले जानकारी दिइन् 

पर्यटन व्यवसायीले भ्रमण वर्षका लागी इलाम जिल्लाभरी टुरिजम प्याकेज समेत निमार्ण गरेका छन् । 

४ बर्ष अगाडि

प्रतिक्रिया