नेपालीको विदेश मोह, घुमघाममै ३५ अर्बको खर्च

४ बर्ष अगाडि

आज भोली दशैँ बिदामा विदेश घुम्न जाने नेपालीको संख्या बढेको छ ।

पहिला पहिला कलाकार र उच्च तहका व्यक्ति मात्र विदेश भ्रमणमा जान्थे भने आजभोली उच्च र मध्यमवर्गका व्यक्ति बिदाको अवसर पारेर विदेश घुम्न जान थालेका हुन् ।
नेपाल राष्ट्र बैंकका अनुसार नेपालीहरुले वार्षिक करिब ३५ अर्ब नेपाली रुपैयाँको डलर साट्ने गरेका छन् ।

त्यतीमात्र नभएर पढ्न, घुम्न, औषधि उपचार आदिका लागि वार्षिक ९० अर्बभन्दा बढी सकिने गरेको छ । नेपाली नागरिकलाई भारतबाहेक तेस्रो मुलुक जाँदा दुई हजार पाँच सय अमेरिकी डलर दिँदै आएको राष्ट्र बैंकले डलरको सञ्चिति कम भएको भन्दै नेपालीलाई डलर सटहीमा कटौती गरेको छ ।

अहिले राष्ट्र बैंकले प्रती व्यक्ती नगदमा एक हजार पाँच सय अमेरिकी डलर मात्र दिँदै आएको छ ।
 

४ बर्ष अगाडि

प्रतिक्रिया