विश्व पर्यटन दिवसको अवसरमा तीन नमूना गाउँ घोषणा

शुक्रबार, १० असोज २०७६, १६ : २२

 विश्व पर्यटन दिवसका अवसरमा हरेक वर्षझैँ यस वर्ष पनि गाउँ पर्यटन प्रवद्र्धन मञ्चले सन् २०१९÷०२० को नयाँ गन्तव्य गाउँका रुपमा तीन गाउँ घोषणा गरेको छ । मञ्चले ाप्लेजुङको फक्ताङलुङ गाउँपालिका–६ घुन्सागाउँ, धादिङको रुबीभ्याली गाउँपालिका–४ चालिसागाउँ र बाग्लुङको काठेखोला गाउँपालिका–४ फापरखेत गाउँलाई नमूना गन्तव्य घोषणा गरिएको मञ्चले जनाएको छ । मञ्चले प्रत्येक वर्ष नयाँ गन्तव्य गाउँ घोषण गरी घरवास प्रवद्र्धन गर्दै आएको छ । 

मञ्चले गत वर्ष मुगुको मुर्मा, रामेछापको चोरम्भा र लमजुङको राईनासकोट गाउँलाई गन्तव्य गाउँ घोषणा गरेको थियो । ‘पर्यटन र रोजगारः सबैका लागि सुरन्दर भविष्य’ भन्ने मूल नाराका साथ आज ४०आँै विश्व पर्यटन दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइएको हो । संयुक्त राष्ट्रसङ्घीय विश्व पर्यटन सङ्घको आह्वानमा हरेक वर्ष सेप्टेम्बर २७ तारिखमा विश्व पर्यटन दिवस मनाइँदै आएको छ ।

शुक्रबार, १० असोज २०७६, १६ : २२

प्रतिक्रिया