काठमाडौंमा पनि कमल थापाले  टेनिस उपाथी जिते

मंगलबार, १४ असोज २०७६, १२ : ३२

 
काठमाडौं – नेपाल लन टेनिस एशोशियसनद्वारा काठमाडौंमा आयोजित नेपाल आईटिफ सेकेण्ड वल्ड र्‍याङ्किङ्ग च्याम्पियनसीप ग्रेड ३ को ५५ बर्ष उमेर समुहको उपाधी कमल थापाले जितेका छन् ।

आज सातदोबाटो स्थित टेनिस कोर्टमा संचालित खेलमा राप्रपा अध्यक्ष समेत रहेका थापाले  प्रतिद्वन्द्वी प्रदीप बहादुर शाहलाई ६/१, ६/३ को सोझो सेटमा पराजित गरेका हुन् ।

यस अघि पोखरामा आयोजित खेलमा पनि ५५ बर्ष उमेर समुहको सिङ्गल र डबल्स दुबै उपाधि थापाले जितेका थिए ।

मंगलबार, १४ असोज २०७६, १२ : ३२

प्रतिक्रिया