केन्यालाई पराजित गरेसँगै नेपालको विश्वकप छनोट खेल्ने आशा जिवितै

६ बर्ष अगाडि

काठमाडौँ – अन्तिम ओभरको एक बल बाँकी हुँदा नेपालले केन्यालाई हराएको छ । नामिवियामा जारी आइसिसी विश्व क्रिकेट लिग डिभिजन दुई अन्तर्गत आज भएको खेलमा नेपालले केन्याविरुद्ध ३ विकेटको रोमाञ्चक जित निकालेको हो । 
केन्याले दिएको १७८ रनको चुनौती नेपालले   ४९.५ ओभरमा ७ विकेट खर्चेर पुरा गर्यो  । 
नेपालको जीतका लागि रोहितकुमार पौडेल र आरिफ शेखको उत्कृष्ट साझेदारी रह्यो । 
रोहितले ४७ रन बनाए भने आरिफले ४२ रनको योगदान दिए । 
यस्तै कप्तान पारस खड्काले ४२ रनको योगदान दिँदा  शरद भेषवाकरले १९ रनको योगदान दिए । अन्य ब्याट्सम्यानले भने दोहोरो अंक छुन सकेनन् । 
केन्याविरुद्धको जीतसँगै नेपालले विश्वकप छनोट खेल्ने सम्भावना जिवितै राखेको छ ।


यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको केन्याले निर्धारित ५० ओभरमा आठ विकेट गुमाउँदै १७७ रनको योगफल बनाएको थियो । 
केन्याका लागि सुरुवाती व्याट्सम्यान इरफान करिमले सर्वाधिक ४२ रन तथा अर्का सुरुवाती व्याट्सम्यान एलेक्स ओबान्डाले ४१ रन जोडे । त्यसैगरी कोलेन्स ओबुयाले २७, नेल्सन ओधिम्बोले २४ रन तथा सेम नोगोचेले अविजित २३ रन जोडे । 

केन्यालाई १७७ रनमा समेट्नेक्रममा नेपालका सन्दिप लामिछानेले उत्कृष्ट बलिङ गर्दै पाँच विकेट लिए । 

६ बर्ष अगाडि

प्रतिक्रिया