ठगि गरेको आरोपमा ३ जना पक्राउ

आइतबार, ०६ जेठ २०८१, १९ : ५५

काठमाडौँ-  विदेशमा रोजगारीका लागी पठाउँछौँ भनेर ठगेको आरोपमा प्रहरीले ३ जनालाई पक्राउ गरेको छ । 

पक्राउ पर्नेमा सिराहाको सिराहा नगरपालिका–२ घर भएका ३२ वर्षीय धनेश्वर शाह, सप्तरी घर भएका ३७ वर्षीय सिकेन्दर चौधरी र सिराहाको गोलबजार घर भएका ४२ वर्षीय भविन्द्रनाथ तामाङ छन् ।

न्युजिल्याण्ड पठाउँछु भनेर धनेश्वर शाहले दुईजना पीडितबाट २० लाख ठगेको प्रहरीको अनुसन्धान निष्कर्ष छ । सिकेन्दर चौधरीले एक लाख रुपैयाँ र तामाङले २ लाख ७२ हजार ठगी गरेको उजुरी आएको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी रवीन्द्र रेग्मीले रातोपाटीलाई बताए ।

आरोपीहरूलाई कानुनी कारवाहीका लागि प्रहरीले वैदेशिक रोजगार विभागमा बुझाएको छ ।

आइतबार, ०६ जेठ २०८१, १९ : ५५

प्रतिक्रिया