माओवादी केन्द्रबाट हितराज बने भाग्यमानी, अरु को-को  बने समानुपातिक सांसद ?

६ बर्ष अगाडि

काठमाडौँ- नेकपा (माओवादी केन्द्र) लेसमानुपातिकतर्फका सांसदको नामावली निर्वाचन आयोगमा बुझाएको छ । 

माओवादी केन्द्रका प्रवक्ता पम्फा भुसालका अनुसार पार्टीले प्राप्त गरेको १७ जना सांसदमा खस आर्य महिलाबाट पाँच जना निर्वाचित गर्न सूची पठाएको छ । त्यसमा रेखा शर्मा, पूर्णकुमारी सुवेदी, धर्मशिला चापागाईं, सत्या पहाडी र सीता पोखरेल छन्  । 
यस्तै आदिवासी जनजातिबाट जयपुरी घर्ती, शशि श्रेष्ठ, ओनसरी घर्ती, यशोदा गुरुङ र अमृता थापा रहेको प्रवक्ता भुसालले जानकारी दिइन्  । यस्तै दलित महिलाबाट अञ्जना विशंखे र दुर्गा विकलाई चयन गरेर सूची बुझाइएको छ । मधेसी समुदायबाट इन्दु शर्मा र बोधमाया यादव छनोट भएकी छन्  । थारु वा मुस्लिमबाट रामकुमारी चौधरी र शेष चाँदतारा चयन भएको प्रवक्ता भुसालले जानकारी दिइन् |
माओवादी केन्द्रबाट समानुपातिकतर्फ एक मात्रै पुरुष सांसदमा चयन भएका छन्  । माओवादी केन्द्रका केन्द्रीय कार्यालय सदस्य हितराज पाण्डेको नाम सिफारिश गरिएको छ । आयोगले तोकेको समयसीमाभित्रै समानुपातिकतर्फको सूची बुझाइएको माओवादी केन्द्रले जनाएको छ । 

६ बर्ष अगाडि

प्रतिक्रिया