म्यानपावर श्रमिकबाट लिएको नगद र पासपोर्ट  फिर्ता गर्नुपर्ने

४ बर्ष अगाडि

काठमाडौं – सरकारले मर्ज भएर अस्तित्व समाप्त भएका म्यानपावर व्यवसायीलाई नयाँ कारोबार र भर्ती प्रक्रिया सुरु गर्न निर्देशन दिएको छ ।

पुरानो अनुमतिकै आधारमा नयाँ प्रक्रिया सुरु गर्दा श्रमिक ठगीमा पर्ने जोखिम न्युनिकरण गर्न वैदेशिक रोजगार विभागले थप प्रक्रिया नगर्न निर्देशन दिएको हो ।

वैदेशिक रोजगार ऐनअनुसार गाभिएर अस्तित्व समाप्त भएका म्यानपावरको संख्या ४५० भन्दा बढी रहेको छ । विभागले भदौ २९ गते नै सूचना जारी गरी श्रमिकबाट लिएको नगद, पासपोर्ट र अन्य प्रमाणित कागजात बुझाउन निर्देशन दिएको थियो । 
कारोबार दैनिकबाट

४ बर्ष अगाडि

प्रतिक्रिया