खुम्बुमा बेलायती पर्यटकको मृत्यु

४ बर्ष अगाडि

सोलुखुम्बुको खुम्बु क्षेत्र भ्रमणमा पुगेका एक विदेशी पर्यटकको सुतैको ठाउँमा मृत्यु भएको छ ।

खुम्बु पासाङ ल्हामु गाउँपालिका–४ लबुचेमा बेलायती नागरिक केलीनु जोसेफको मृत्यु भएको सोलुखुम्बु प्रहरीले जनाएको छ ।     
     
 मङ्गलबार बिहान होटलमा सुतिरहेकै अवस्थामा ५४ वर्षीय जोसेफको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रहरी निरीक्षक उत्तम कार्कीले जानकारी दिए ।      
     
 उनका अनुसार मृत्युको कारण भने खुल्न सकेको छैन । शवको मङ्गलबारै कानूनी प्रक्रिया पूरा गरी हेलिकप्टरमार्फत काठमाडौँ पठाइएको प्रहरीले जनाएको छ ।     

४ बर्ष अगाडि

प्रतिक्रिया