छठ आयो, डोमको सीप बेच्ने बेला आयो

४ बर्ष अगाडि

छठपर्व आएसँगै आफ्नो सीप बिक्रि हुन थालेपछि डोम समुदायका मानिसहरु खुसी भएका छन् ।

छठका लागि चाहिन बेतबाँसका डालो, नाङ्लो, टालु टपरीको बिक्रि बढेपछि सप्तरीका डोम समुदाय खुसी भएका हुन् । 

यो समयमा बाँसका सामान बेचेर मनग्गे आम्दानी गर्ने उनीहरु यतिबेला चोयाँका सामान बनाउनमा व्यस्त रहेका छन् । 

छठ पर्व मनाउने व्यक्तिको सङ्ख्यामा वृद्धि हुँदै जाँदा प्रत्येक व्यक्तिलाई बाँसको भाँडाकुँडा पु¥याउन अहिले भ्याइनभ्याइ भएको हनुमाननगर कंकालनी नगरपालिका १ का दिलीप मरिक (डोम)ले बताए । 

गाँस, बाँस र कपासकै जोरजाममा पिँढीदर पिँढीलाई हम्मेहम्मे पर्ने गरेको डोमले छठपर्व आउनासाथ कात्तिक महीनाभरि आफ्ना जीवनका हरेक दुःख बिर्सेर मीठो मसिनो खाने र राम्रो लगाउने शौभाग्य पाउने गरेको उनको भनाइ छ ।     

 छठ पर्व मनाउने प्रत्येक तराईवासीले छठमाता तथा सूर्यदेवतालाई बाँस र बेतबाटै बनाइएका डालो, नाङ्लो र टालु टपरीमा अर्घ दिनुपर्ने भएकाले प्रत्येक परिवारमा पाँच÷सात वटा बाँसका भाँडाकुँडा किन्नुपर्ने भएकाले अहिले डोम समुदायको आम्दानी राम्रो हुँदै गएको छ ।  

सप्तरी सदरमुकाम राजविराजलगायतका बिभिन्न ठाउँमा अहिले डालो, नाङ्लो र टालु टपरीलगायतका समानहरु डोम समुदाय बिक्री वितरण गर्नमा ब्यस्त देखिएका छन् ।

अहिले जिल्लाको गाउँ गाउँमा समेत डोम जातिका प्रत्येक घरमा बाँस र बेतको थुप्रो राखिएको छ भने परिवारका सबैजना बाँस र बेतका सामग्री बनाउन व्यस्त रहेको राजविराज नगरपालिका–३ कि अञ्जनी यादवको भनाइ रहेको छ ।  

डोम समुदायको जीविका उपार्जन त्यही पैसाबाट चल्ने भएकाले पनि अहिले डालो, नाङ्लो र टालु टपरीलगायतका सामान बनाउन उनीहरु लागीपरेका छन् ।     
 

४ बर्ष अगाडि

प्रतिक्रिया