नेपाल भ्रमणवर्षमा होटलका कोठामा ३० प्रतिशत, खानामा १५ प्रतिशत छुट

४ बर्ष अगाडि

नेपाल भ्रमण वर्ष २०२० को अबसरमा नेपाली होटल व्यवसायीहरुले होटलको कोठा र खानामा छुट दिने घोषणा गरेका छन् । 

भ्रमणवर्षभर होटलका कोठामा ३० प्रतिशत र खानामा १५ प्रतिशत छुट दिने होटल संघ नेपाल (हान) ले घोषणा गरेको हो । 

विदेशी पाहुनलाई नेपाल भ्रमणवर्षमा आकर्षित गर्नका लागि यो छुट योजना ल्याइएको हानका महासचिव साजन शाक्यले बताए । 

‘पाहुनालाई भ्रमण वर्षमा केही सहुलियत दिने सोचसहित छूटको घोषणा गरेका हौं ’, उनले भने । 

हानले घोषणा गरेको छुट विदेशी पाहुनका लागि हानका सदस्य होटेलमा मात्र उपलब्ध हुने जनाइएको छ । 

देशभर एक दर्जनभन्दा बढी होटलहरु हानका सदस्य होटल छन् ।  

ति मध्ये तारे होटेलदेखि ठूलो लगानीका पर्यटक होटलसम्म छन् ।

४ बर्ष अगाडि

प्रतिक्रिया