ओखलढुंगामा 'पोकली झरना सांस्कृतिक महोत्सव' हुने

४ बर्ष अगाडि

ओखलढुंगाको पोकली झरनास्थलमा वृहत सांस्कृतिक महोत्सव आयोजना हुने भएको छ ।

पोकली झरना सेवा समाजले आज काठमाडौमा पत्रकार सम्मेलन आयोजना गरेर महोत्सव बारे जानकारी गराएको हो ।

सो झरनाको सौन्दर्य र महत्वलाई विश्वभर पु¥याउने उद्देश्यका साथ आगामी कार्तिक १६ र १७ गते ‘पोखली झरना महोत्सव’ चल्ने आयोजकको भनाई छ ।

सरकारले ‘नेपाल भ्रमण वर्ष–२०२०’ का लागि सूचिकृत गरेको सूचिमा नेपालकै दोस्रो उचाईमा रहेको सो झरनालाई पनि समावेश गरिएको छ ।

ओखलढुंगाको मात्रै नभएर नेपालकै पर्यटन क्षेत्रको विकासका लागि महत्वपूर्ण योगदान पु¥याउने अपेक्षासहित सो झरना स्थलमा महोत्सव आयोजना गर्न लागिएको समाजका महासचिव शम्भु बरालले जानकारी दिए।

बृहत सांस्कृतिक कार्यक्रमसहित आयोजना हुने महोत्सवमा सो झरनाको सौन्दर्य लिनुका साथै स्थानीय उत्पादनहरुको पनि प्रर्दशनी हुने समाजले जनाएको छ ।

४ बर्ष अगाडि

प्रतिक्रिया