काठमाडौं उपत्यका खानेपानी लिमिटेड ( केयूकेएल ) ले ९ दिनको अबधिमा १ सय ५० ठाउको चुहावट मर्मत कार्य सम्पन्न गरेको छ ।
खानेपानी लिमिटेड उपत्यकाभित्रका मुख्य ठाउँहरुमा पुराना पाइपहरुबाट भईरहेको खानेपानी चुहावटको मर्मत कार्य सम्पन्न गरेको हो ।
खानेपानी वितरणमा समस्या आएपछि केयुकेएलका प्राविधिक टोलीले यति छोटो समयमा धेरै ठाउँहरुमा चुहावट मर्मतको काम सम्पन्न गरेको छ ।
लिमिटेडले यसलाई आगामी दिनमा निरन्तरता दिंदै जाने बताएको छ ।
केयूकेएलले गैरीगाउँ, बालाजु, नयाँबजार, सोह्रखुट्टे, नक्साल, त्रिपुरेश्वर, टेकु, लाजिम्पाट, महाराजगञ्ज चोक, बाँसबारी, बुढानिलकण्ठ, कालोपुल, चावहिल चोक, गौशाला र सिनामंगल लगायतका ठाउँहरुमा चुहावट मर्मतको काम सम्पन्न गरेको हो ।
चुहावट रोकिएपछि आम उपभोक्ताको घर घरमा पानीको आपूर्ति मात्रा बढ्ने पनि लिमिटेड बताएको छ ।
प्रतिक्रिया