यूएईमा नेपाली घरेलु श्रमिकको माग

४ बर्ष अगाडि

श्रम समझदारीलाई कार्यान्वयन गर्न नेपाल र यूएई सरकार सहमत भएका छन् । 

काठमाडौंमा आइतबार र सोमबार बसेको दुई देशका प्रतिनिधिको संयुक्त कार्य समूह (जेडब्लूजी) को बैठकले श्रम समझदारीपत्रमा उल्लेख गरिएका शर्तहरूलाई कार्यान्वयन गर्ने विषयमा सहमति जनाएका हुन्। 

नेपालको तर्फबाट बैठकको नेतृत्व गरेका श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सहसचिव डा। रामप्रसाद घिमिरेले हालै दुई देशबीच भएको श्रम समझदारी आजबाट कार्यान्वयनमा आएको बताए ।

नेपाल र यूएइबीच हालै सम्पन भएको श्रम समझदारीलाई प्रभावकारी रुपमा कार्यान्वयन गर्ने सहमतिसहित सोमबार बैठक सम्पन्न भएको थियो। 
कारोबार दैनिकबाट

४ बर्ष अगाडि

प्रतिक्रिया