चार चिनियाँ जहाज, तीन पाइलट

६ बर्ष अगाडि

काठमाडौँ- नेपाल वायुसेवा निगमले खरिद गरेको दुईवटा वाई–१२ ई जहाज मंगलबार काठमाडौंमा अवतरण गरेको छ । यसअघि नेपाल भित्र्याएको चारवटा चिनियाँ जहाजको उडानमा वार्षिक करोडौं घाटा बेहोरिरहेको निगमले पुनः दुईवटा यस्तै जहाज ल्याएको छ , कारोबारमा खबर  छ । 
चारवटा जहाजका लागि कम्तीमा ८ जना क्याप्टेन आवश्यक भए पनि हाल निगमसँग ४ वटा वाई–१२ ई जहाजका लागि ३ जनामात्र क्याप्टेन छन् ।
 जहाज सेड्युल उडानको लागि चार जहाजका लागि कम्तीमा पनि ८ जना क्याप्टेन चाहिन्छ । चिनियाँ जहाजको मुख्य समस्या नै जनशक्ति अभाव हुँदै आएको छ ।
 निगमले भने तत्काल यस्तो समस्या देखिए पनि चाँडै जनशक्ति व्यवस्थापन हुने दाबी गरेको छ । “चीनबाट छिट्टै ३ जना क्याप्टेन ल्याउँदैछौं, त्यसपछि वाई–१२ ई ले राम्रो उडान गर्ने अपेक्षा छ,” निगमका प्रबन्ध निर्देशक सुगतरत्न कंसाकारले भने । चिनियाँ पक्षले स्पेयर्स पार्ट्स र पाइलटको समस्या समाधान गर्ने प्रतिबद्धतापछि थप जहाज ल्याइएको कंसाकारले बताए । 
दुईथान जहाजसँगै निगमसँग अव चिनियाँ जहाज ६ थान र ट्वीनटर ३ थान गरी आन्तरिक उडानकै लागि ९ वटा जहाज पुगेका छन् । निगमले धमाधम चिनियाँ जहाज ल्याए पनि पाइलट तथा स्पेयर्सपार्ट्स अभावका कारण प्रत्येक वर्ष घाटा बेहोर्दै आएको छ । निगमसँग अब ५६ सिट क्षमताका २ थान एमए–६० र १७ सिट क्षमताको ४ थान वाई–१२ जहाज छन् । निगमले हाल एमए–६० ले राम्रो बिजनेस गरेको भए पनि वाइ–१२ ई भने पाइलट अभावका कारण महिनौंसम्म पनि ग्राउन्डेड हुँदै आएको छ । चीनको हार्विन एयरक्राफ्ट ग्रुपले निर्माण गरेको वाइ–१२ ई सिरिजका दुईवटा नयाँ विमानको नेपाली दर्ता नम्बर–कलसाइन ९ एन–एक्सयू र ९ एन–एक्सभी रहेको छ । 
आन्तरिक उडानमा एकछत्र बजार हिस्सा लिएका निजी क्षेत्रका एयरलाइन्स कम्पनीसँग प्रतिस्पर्धा गर्न सक्छ कि सक्दैन भन्ने टड्कारो प्रश्न यतिवेला निगमसमक्ष तेर्सिएको छ । निगमले भएकै चारवटा जहाज उडानमा असन्तुष्ट भइरहेको भए पनि बाध्यत्मक व्यवस्थाका कारण थप दुईथान जहाज ल्याएको हो । विगत चार वर्षदेखि खरिद प्रक्रिया रहेको ६ थान चिनियाँ जहाजमध्ये चारथान हाल सञ्चालनमा छन् । 

६ बर्ष अगाडि

प्रतिक्रिया