कृषि अनुसन्धान परिषद्मा ४६ प्रतिशत दरबन्दी रिक्त

१ हप्ता अगाडि

काठमाडौँ - नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) को मा ४६ प्रतिशत दरबन्दी रिक्त रहेको  छ । नार्कको ३३ औँ स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा १ हजार ८२३ दरबन्दीमध्ये करिब ४६ प्रतिशत पदहरू रिक्त भएको जानकारी गराइएको हो ।  

नेपालभन्दा राम्रो अवसर पाएर विदेश पलायन हुने, अवकाश हुने र २०५४ सालयता एक पटक मात्रै पदपूर्तिको दरबन्दी खुलाएकाले ४६ प्रतिशत दरबन्दी रिक्त रहेको नार्कले जनाएको छ ।  दरबन्दीमध्ये वैज्ञानिक ४१३ पद र प्राविधिक अधिकृतको ३३३ रिक्त छ । हाल भइरहेको पदपूर्ति कार्यबाट वैज्ञानिक पदमा १० प्रतिशत र प्राविधिक अधिकृत पदमा १९ प्रतिशत गरी जम्मा १५ प्रतिशत कर्मचारी थप हुने अपेक्षा गरिएको नार्कले उल्लेख गरेको छ । 

नार्कको बाली तथा पशुपन्छीका जातीय तथा नस्ल विकास, कृषि प्रविधि विकास, स्रोत सामाग्री उत्पादन, जैविक विविधता संरक्षण, सामाजिक– आर्थिक तथा नीतिगत अनुसन्धान र प्रविधि हस्तान्तरण, सेवा तथा परामर्श लगायत मुख्य कार्य क्षेत्र हुन् । जनशक्ति अभावका कारणले यी कार्य सोचे बमोजिम हुन नसकेको बताइएको छ । 

१ हप्ता अगाडि

प्रतिक्रिया