दुग्ध विकास संस्थानले निकाल्यो बढुवाको सूचना

शुक्रबार, २९ कार्तिक २०७६, ०९ : २८

काठमाडौँ – दुग्ध विकास संस्थानले आन्तरिक बढुवाको सूचना निकालेको छ । 

संस्थानले लोकसेवा आयोगको सहमतिमा रिक्त रहेका पदहरुमा कार्यक्षमता मूल्यांकनको आधारमा बढुवाद्वारा पदपूर्ति गर्न लागेको हो । 

संस्थानले आवश्यक कागजातसहित ३० दिनभित्र आवेदन दिन सम्बन्धितलाई सूचित गरेको छ ।

शुक्रबार, २९ कार्तिक २०७६, ०९ : २८

प्रतिक्रिया