तीन लाख श्रमिक सामाजिक सुरक्षा कार्यक्रममा

४ बर्ष अगाडि

सरकारले आउँदो सामाजिक सुरक्षा दिवसको अवसरमा कम्तीमा ३ लाख श्रमिकलाई सामाजिक सुरक्षा योजनामा सूचीरण गर्ने तयारी सुरु गरेको छ ।मंसिर ११ उक्त दिवसमा यो संख्यामा सूचीकरण गर्ने तयारी गरिएको हो ।

सूचीकरण भएका र सूचीकरण हुने तयारीमा रहेको प्रतिष्ठानहरूमा कार्यरत श्रमिकलाई योजनामा ल्याएर ३ श्रमिकलाई योजनामा सूचीकरण गर्ने भएको हो । 

हालसम्म ११ हजार सूचीकृत प्रतिष्ठानका १ लाख ९ हजारभन्दा बढी श्रमिक योजनामा समेल भइसकेका छन् । 

योजनामा सामेल भएका सबै रोजगारदातामा ५ लाखको हाराहारी श्रमिक कार्यरत रहेपनि हालसम्म १ लाखमात्र योजनामा सूचीकरण भएपछि सरकारले मंसिर ११ गतेसम्म सो संख्यालाई ३ लाख पु¥याउने योजना बनाएको हो ।
कारोबार दैनिकबाट
 

४ बर्ष अगाडि

प्रतिक्रिया